जन सरोकार

टिपरभित्रै जबरर्जस्ती करणी गर्ने चालक पक्राउ

पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबरर्जस्ती करणी गर्ने चालकलाई थानकोटस्थित प्रहरी वृत्तको टोलीले पक्राउ गरेको छ । दोलखाबाट काठमाडौँ आएको उक्त टिपरका चालले गौशालाबाट ती महिलालाई टिपरमा हालेर थानकोट ल्याएका थिए ।

चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र लगेर जबरर्जस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई सोमबार पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको टिपरभित्र जबरर्जस्ती करणी गरेको जानकारी दिनुभयो ।

थानकोटस्थित प्रहरी वृत्तका प्रमुख डिल्लीनारायण पाण्डेको नेतृत्वमा खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूति गृहमा पठाएको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो ।

पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.