जन सरोकार

ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा बैतडी डिलासैनी गाउँपालिका-१ घर भई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २७ वर्षीय नरेन्द्र साउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई सडक डिभिजनको इन्जिनियर हुँ भनी सामाजिक सञ्जाल मार्फत चिनजान गरेका महिलाहरूसँग प्रेम तथा विवाहको प्रलोभन देखाई रकम ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेका साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.