जल/वातावरण
कोरोना उपचारमा नेपालको फड्को : १६ हजार संक्रमित, १० हजार उपचारपछि निको
नेपालले कोरोना संक्रमितहरुको उपचारमा ठूलो फड्को मारेको छ । सोमबार साँझसम्म कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ भने उपचार गरेर घर फर्कनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्म थपिएका १ सय ४४ सहित संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३७१ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ५ हजार ८५६ परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६१३ जना रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्