सूचना/प्रविधि
नेपाली पोर्न वेबसाइट बनाई प्रशारण गर्ने एकजना पक्राउ
नेपाली अश्लील भिडियो बनाई प्रशारण गरेको अभियोगमा काठमाडौंको गोंगबुबाट एकजना पक्राउ परेका छन् । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्तिमार्फत अश्लील भिडियो बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको जनाएको हो । ब्युरोका अनुसार श्रेष्ठले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए ।
हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कारोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया राख्नुहोस्