जन सरोकार

भृकुटीमण्डपमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । समाचार अनसार त्यहाँ रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ भने ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.