प्रबास

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित हुनुभएको छ । यही जुलाई १० का दिन पेरिस शहरको पूर्वी सिमानामा पँता शहरको पार्कमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र श्रीमती सिता अधिकरीको प्रमुख अतिथित्य रहेको महाधिवेशनै भेटघाट तथा बार्बेक्यु कार्यक्रम सहित सम्पन्न भएको थियो ।

महाधिवेशनले निर्वाचन उपसमितिका संयोजक, अभिभाबक एब साहित्यकार हरिहर अर्यालले सहमतिय निर्वाचनबाट १७ सदस्यीय कार्यसमिति चयन भएको घोषणा गर्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीहरुमा महिला उपाध्यक्ष नानु देवकोटा, उपाध्यक्ष्य सुजन राज भट्ट, महासचिव धन कुमारी घले , सचिव रंजित भट्ट, कोषाध्यक्ष कुल तामाङ, सहकोषाध्यक्ष्य वार्ता कुमारी गुरुङ चयन हुनुभएको छ ।

त्यसै गरी सदस्यहरुमा रबिना सिम्खडा, सञ्जीव देवकोटा, होमबहादुर थापा (अर्जुन थापा), सुदिप दवाडी, सुजन बानिया, जीवन आले मगर, मन कुमारी घले , मिक्का गुरुङ (मुक्ति), वीरबहादुर गुरुङ र सम्झना भट्ट रहनुभएको छ ।

नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि महामहिम राजदुत र निर्वाचन उपसमितिका संयोजक हरिहर अर्यालले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा फ्रान्सका अधिकांश संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र काप्रीले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन महासचिव राजेन्द्रबाबु श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा समाजका महासचिव श्रेष्ठले संस्थाको कृयाकलापको प्रतिवेदन पेश गर्नुभयो भने कोषध्यक्ष श्रीमती नानु देवकोटाले आर्थिक प्रतिबेदन पढेर सुनाउनुभएको थियो ।

कार्यक्रममा समाजका सल्हाकार एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष शुक बहादुर गुरुङ तथा एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष्य, इन्जिनीयर निर्मल अर्यालले निबर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदरपत्र प्रदान गर्नुका साथै विगत का कार्यसमितिले गरेका ऐतिसासिक उच्च कामको प्रसंशा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button