जापानका व्यवसायी रविन शेरचनले गरे एनआरएनए आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा
जापानका व्यवसायी रविन शेरचनले गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसीसीको आगामी कार्यकालका लागि हुने निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
“सक्षम नेतृत्व एक ढिक्का एनआरएनए” भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानका व्यवसायी शेरचनले उम्मेदवारी घोषणा गगर्नुभएको हो ।
बिहिबार टोकियोमा शुभचिन्तकहरु माझ आफ्नो जन्मदिन मनाउनुभएका शेरचनले आन्तरिक तयारी एवं साथी शुभचिन्तकको आग्रहमा आईसीसीमा जाँदा देश विकासमा थोरै भए पनि टेवा दिने र एनआरएनएमा केही मात्रमा भए पनि राम्रो गर्न सकिने हुँदा नेतृत्वमा बसेर नै एनआरएन अभियानलाई एकता र सबैको साझा बनाउन भुमिका खेल्ने आफूले उम्मेदवारी दिएको बताउनु भयो ।
लामो समय जापानमा व्यवसाय र समाजसेवामा सक्रिय शेरचन जापानमा रहेका नेपालीहरुबीच सरल, सहयोगी परिचय बनाउनुभएका शेरचन हाल जापानबाट आईसीसी सदस्य रहनुभएको छ ।
को हुन रविन शेरचन
सन् १९९८ मा उच्च शिक्षाको लागी अध्ययनका शिलशिलामा जापान प्रवेश गर्नुभएका रविन शेरचन टोकियोमा रहेका नेपालीहरू माँझ होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो । दुई दशकभन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानी समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा उहाँले परिचय बनाउनुभएको छ ।
विगत दुई दशक यता जापानमा संघसंस्था तथा कम्पनीहरूले आयोजना गर्ने बिभिन्न संस्कृतिक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतिक विपत्तिमा सहयोग गर्न, आपत बिपदमा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्ने प्रमुख सहयोगी दाताका रूपमा समेत रविन शेरचनलाई सबैले पहिलो प्राथमिक सूचिमा राख्ने गर्नुभएको छ ।
समग्रहमा भन्नुपर्दा उहाँ जापानमा रहेका नेपाली समाजको आर्थिक पक्ष बलियो पार्ने, शसक्त बनाउने ब्यक्ति तथा सबैको प्रेरणाका स्रोत हुनुहुन्छ । संघसंस्था हुन् वा आपत विपतका काम सँधै आफ्नो थैली खोलेर मनग्य सहयोग गरे पनि संस्थागत छवि उँचो नलाग्ने तर सहयोग जारी राख्नुपर्ने विषयमा शेरचनले आफ्नो मन केही समययता खड्कदै आएको बताउनुभयो ।
अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र होइन आफैं सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभुति भएपछि एनआरएनए आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको‘ शेरचनको भनाई छ ।
गैर आवासिय नेपाली संघ जापानको सल्लाहकार शेरचनले यसअघि मानार्थ सदस्यमा रहेर आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले आईसीसी सदस्यपछि आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिन धेरै देशका साथीहरुबाट अनुरोध आएकोले आफूले तयारी गरेको पनि बताउनुभयो ।
नेपाल र जापानमा व्यवसायमा लगानी गर्नुभएका शेरचनले जापानमा नेपाली, जापानी, ईटालीयन एवं ईन्टर कन्टिनेन्टल रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहनुभएको छ । हाल शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकलाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन ।
गैरआवसीय नेपाली संघ एनआरएनए आईसीसीको आगनमी अधिवेशन अक्टोबरमा नेपालमा हुने छ ।
प्रतिक्रिया राख्नुहोस्