राजनीति

कमल थापाका नजरमा ओलीका दुई अविस्मरणीय योगदान

जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निवर्तमान प्रधानमन्त्री केपी ओलीले गरेका दुई कार्य नेपाल र नेपाली जनताका लागि अविष्मरणीय रहने बताउनुभएको छ ।

ओली आज सरकारी निवासबाट आफ्नो निजी निवास प्रस्थान गरेलगत्तै थापाले ट्वीट गर्दै लिम्पियाधुरा सहितको भूभागमाथिको सशक्त दावी कायम गर्दै नेपालको चुच्चे नक्सा निर्माण अविष्मरणीय कार्यका रुपमा लिनुभएको छ ।

निवर्तमान प्रम केपी ओलीको अर्को अविस्मरणीय योगदान भन्दै उहाँले पृथकतावादी सिके राउत र विप्लव माओवादीलाई राष्ट्रिय मूलधारमा प्रवेश गराउन सफल हुनुलाई लिनुभएको छ ।

त्यस्तै थापाले जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना दिनुभएको छ ।

भारतले नाकाबन्दी लगाएका बेला बनेको नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उपप्रधानन तथा परराष्ट्र मन्त्री बनेर भारतसंग डटेर सामना गर्ने ओलीको राष्ट्रवादी योजनालाई साथ दिंदै विश्वमा भारतको अमानवीय व्यवहारको बिरोध गर्न सफल राप्रपा अध्यक्ष कमल थापाले साढे तीन वर्ष प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेका दुई अविष्मरणीय कामको स्मरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button