राजनीति

बाल्कोटमा ओलीको सम्बोधन “माधवलाई कुनै ठाउँ छैन”

आफूलाई जनादेशबाट होइन परमादेशबाट र काम गर्न नसकेर होइन काम गर्दागर्दै मुद्दा हालेर हटाए

आफ्नै पार्टीका वरिष्ठ नेतासहित अन्य नेताका कारण सत्ताबाट बाहिरिनु भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज बालुवाटारको सरकारी निवासबाट आफ्नो निवास बाल्कोट पुग्नुभयो । त्यहाँ उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै ठाउँ नभउको स्पष्ट पार्नुभयो ।

सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने नेपालप्रति आक्रोश पोख्दै आत्मालोचना र कमीकमजोरी स्वीकार गरे पनि नेपाललाई कुनै ठाउँ नभएको तर, नेपालको पछि लागेकाहरुले भने कमीकमजोरी स्वीकार गरेर आए पार्टीमा मौका दिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरु छन् । घुसपैठ यस्तो भयो, पार्टीका कुतत्वहरु प्रतिक्रियावादीका पछिपछि लागेर पार्टीका विरुद्ध, जनताको शक्तिका विरुद्ध, लोकतन्त्रका विरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर गए ।’

अध्यक्ष ओलीले थप भन्नुभयो ‘माधव नेपालजस्ता लाज सरम हराएका…. उनको पछाडि लाग्ने केही व्यक्तिहरु छन् । पछाडि लाग्नेहरुले कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

त्यस्तै ओलीले आफूलाई जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button