जन सरोकार

२९ सयमा सङ्क्रमित हुँदा आधाभन्दा कम सङ्क्रमणमुक्त

राजधानी उपत्यका लगायत देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा खुकुलो भएसंगै घट्दै गएको कोरोना सङ्क्रमण दर बढिरहेको छ । बुधबार पछिल्लो २४ घण्टाको अवधिमा भएका पिसीआर र एन्टिजेज परीक्षणबाट २ हजार ९ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसै अवधिमा १ हजार ४ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार १०८ जनामा पिसिआर परीक्षण गर्दा दुई हजार १० जनामा र चार हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ४३० जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार चार जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button