जन सरोकारस्वास्थ्य

राजधानी उपत्यकामा कोरोना सङ्क्रमण उच्च

अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको छ । नेपालमा पनि सङ्क्रमण बढ्न थालेको छ । आम जनतालाई सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । दुई अंकमा सीमित रहेको सङ्क्रमण दर तीन अंकमा पुगेको छ भने सङ्क्रमितमध्ये आधाभन्द्या राजधानी उपत्यकामा रहेका छन् ।

हिजा बिहिबार एकै दिन २०६ सङ्क्रमित फेला परे । त्यसमा १२५ जना उपत्यकाका रहेका छन् । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन् । काठमाडौँ उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ ।

होम आइसोलेनमा ९८४ र संस्थागत आइसोलेनमा २१ छन् । सोमध्ये १२ जना आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार ५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ११ लाख २१ हजार ५०७ सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घन्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.