राजनीति

सभामुखमाथि राष्ट्रियसभा सदस्य विमलाको गम्भीर आरोप

राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सदस्य डा. विमला राई (पौडेल)ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विधेयक थन्क्याएर राखेको आरोप लगाउनुभएको छ ।

बिहिबार राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै सांसद पौडेलले सभामुख सापकोटा वर्षौदेखि थन्किएर बसेका विधेयकहरुलाई अघि बढाउनुको साटो मुद्दा मामिलामा लागेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले राष्ट्रियसभाबाट पठाइएका अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयक प्रतिनिधिसभामा वर्षौदेखि अड्काएर राखेको भन्दै सभामुख सापकोटाप्रति असन्तुष्टि जनाउनुभएको हो ।

डा. राईले राष्ट्रियसभाले पारित गरेर पठाएका विधेयकहरु विषयगत समितिहरुमा छलफल गराएर पारित गराउने काम सभामुख सापकोटाको भए पनि त्यसप्रति उहाँ जिम्मेवार नभएको गुनासो गर्नुभयो ।

बैठकमा सांसद डा. राईले सङ्घीय संसदको दुवै सदनमा रहेका विधेयकहरु पारित गरेर मात्रै संसद् अधिवेशन अन्त्य गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.