राजनीति

लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

सभामुखको निर्देशन

देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौं पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरुको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

त्यसअघि सांसद दीपकबहादुर सिंहले हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतङ्कित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गर्नुभयो । सांसद सिंहले देशव्यापीरुपमा बाँदरले आतङ्क मच्चाएकाले त्यसलाई नियन्त्रण गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.