क्रिकेटखेल

एसीसी इमर्जिङ कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित 

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको हो ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रन मात्र बनायो । नेपालका लागि सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय पारी खेले भने प्रतिश जिसीले २६ रन बनाए । यी दुईले नवौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै पाकिस्तानलाई मध्यम स्कोरको योगफल दिएको हो ।

१५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको थियो । त्यतै १० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे । यस्तै अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन जोडे भने गुलसन झाले १३ रआसिफ शेख १२ रन बनाउनु बाहेक  अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ विकेट लिए भने मोहम्मद वासिम जुनियरले ४ विकेट लिँदा मुबासिर खानको भागमा १ विकेट रह्यो । १८० रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय पारी खेले भने कमरान गुलामले २६ बलमा ३१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट लिँदा कुशल मल्लको भागमा १ विकेट रह्यो । प्रतियोगिता असार २८ गतेदेखि साउन ७ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’मा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन् । अब नेपालले आफनो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल,  गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.