कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, थप एकजनाको मृत्यु
नेपालमा बुधबारसम्म कोरोनाबाट कुल सङ्क्रमित १७ हजार १ सय ७७ पुगेको छ । यसैगरी बुधबार थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
रौतहटका ३६ वर्षीय पुरूषको असार ३१ गते साढे २ बजे निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।
नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् । पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएको छ । योसँगै २,९८, ८२९ परीक्षणा भएको छ ।
क्वारेन्टाइनमा २४ हजार ५२७ र आइसोलेसनमा छ हजार ११३ रहेका छन् । ५२६ जना रेड जोनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नवलपरासीको एकजना रेड जोनमा परेको छ ।
डिस्चार्ज
आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ११ हजार २५ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४।२ प्रतिशत हो ।
उपत्यकामा सङ्क्रमित
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा ७ जना, ललितपुर र भक्तपुरमा कोही पनि सङ्क्रमित भएका छैन ।
प्रतिक्रिया राख्नुहोस्