राजनीति

ओलीलाई हटाउन सफल भएकाहरुको खुसी एक महिनामै दुःखमा परिणत हुने

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने दावी गर्नुभएको छ ।

हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको पनि बताउनुभयो ।

कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गर्नुभयो । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकासको संवाहकका रुपमा बुझिसकेका छन् भन्नुभयो । कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.