जन सरोकार

यस्तो छ आगामी सात दिनको मौसमको अवस्था

आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन

विभागले साप्ताहिक मौसम पूर्वानुमान निकालेर आगामी साताभरि नै देशका हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार साताको सुरू र मध्यमा देशको हिमाली तथा पहाडी भूभागका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा साताको अन्त्यमा देशका पहाडी भूभागका धेरै तथा हिमाली र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै साताको अन्त्यमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा तराई भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै हिमाली भूभागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको र पहाडी तथा तराईका भूभागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.