कतारको दोहामा हुने २५औँ एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी हुने भएका छन् । यही असार ३१ देखि साउन ६ गतेसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
![टेबलटेनिस टेबलटेनिस](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/tt-e1689349359363.jpg)
पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल छन् भने महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का रहेका छन् । प्रशिक्षकमा मोहनदास बासुकला रहने छन् । अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल रहेका छन् । नेपाली टोली भोलि कतार प्रस्थान गर्दैछ ।
प्रतिक्रिया राख्नुहोस्