राजनीति

अलपत्र कामदारलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याइने

सरकारले अब वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपाली सरकारी खर्चमा स्वदेश ल्याउने भएको छ । मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारित भएपछि यो बाटो खुलेको हो ।

यसअघि व्यक्ति स्वयंको खर्चमा सरकारले हवाई उडानको बन्दोबस्त गरी स्वदेश फर्कने बाटो खुलेको थियो भने अब विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका हुन् ।

सो कुराको जानकारी बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ एवं सूचनामन्त्री डा. युवराज खतिवडाले दिनुभएको हो । डा. खतिवडाका अनुसार कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्द्धेन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको छ ।

मन्त्री डा. खतिवडाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर हाल अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने जानकारी दिनुभएको हो ।

सरकारले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किन चाहने नेपाली यसअघि स्वदेश फर्कन चाहने नागरिकले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएपछि सरकारले यो निर्णय गरेको हो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.