राजनीति

प्रधानमन्त्री देउवालाई चीनको कोसेली १६ लाख मात्रा खोप अनुदान

कोरोना बिरुद्धको खोप उपादनमा अग्रणी रहेको उत्तरी छिमेकी मुलुक चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराएको छ । यसअघि नै घोषणा भएको सो खोपबारे शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवासमा भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको हो ।

नेपालले चीनबाट ४० लाख खोप खरीद सम्झौता गरेको छ भने यसअघि २० लाख खोप अनुदानमा दिइसकेको छ ।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । राजदूत यान्छीले खोपसहायतालगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button