जापान

नयाँ नेतृत्व चयन गर्दै राप्ती समाज जापानको अधिवेशन सम्पन्न

राप्ती अञ्चलबाट जापानका विभिन्न क्षेत्रमा विविध पेशा, व्यवसाय र अध्ययन गरी बसेका नेपालीहरुको संगठन राप्ती समाज जापानको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै राजधानी टोकियोमा सम्पन्न भएको छ ।

अधिवेशनले मनराज विश्वकर्मालाई अध्यक्ष र पन्चबीर चौधरीलाई महासचिव सहित २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

अधिवेशनले निवर्तमान अध्यक्षहरु युवराज रेग्मी र बिशेश्वर रेगामीलाई संरक्षकको जिम्मा दिएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरु आयुष्मा पुन मगर, कमल सोनी, शिवराज भट्टराई, सचिब हरिभक्त ओली, सहसचिब विश्वप्रताप बुढा मगर, कोषाध्यक्ष युबक शाही र सह कोषाध्यक्ष सुरेश पोख्रेललाई चयनन गरेको छ ।

त्यसै गरी समाजको प्रबक्ता सुगम बस्याल ,आरएनजे प्रमुख कमल बॅाठा मगर र सदस्यहरु किरण घर्तिमगर, गोपाल खड्का, सबित्री श्रेष्ठ, शंकर के.सी, जानकी अधिकारी, रोशनी कठायत, प्रकाश श्रेष्ठ, शिबराज बिक, शुन्दर शाह, शुन्दर अधिकारी, नबिन खत्री, शिवराज भट्टराईलाई चयन गरेको छ भने दुईजना सदस्य पछि मनोनित हुने जनाएको छ ।

त्यसै गरी अधिवेशनले ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा तारा प्रकाश बुढा मगर, रबि पुन, शरद पोख्रेल, राजन केसी, बिष्णु पौडेल, धनबीर सोनी, केशब भण्डारी, पदम प्रसाद भट्टराइ, शोभानसिंग रहनुभएको छ ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधानलाई सर्वसम्मत रुपमा केहि परिमार्जन गरिएको थियो । त्यस्तै अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ ।

गत आइतवार सम्पन्न अधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्षय युवराज रेग्मीको र कार्यक्रम संचालन निवर्तमान महासचिब प्रकाश ओलीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.