जन सरोकार
सडक बालबालिकाको मिर्गौला बेच्नेहरु पक्राउ
काठमाडौंका सडक बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाई भारत लगेर मिर्गौला बेचेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ रहेका छन् ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।
प्रतिक्रिया राख्नुहोस्