एन आर एन न्युजजापान

एनआरएनए जापान नेतृत्वमा सात जनाको दावी (पुरा नामावली सहित)

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ नेतृत्व २०२१—२३ चयनका लागि पहिलो चरणको उम्मेदवारी दर्ता समय सकिएको छ । निर्वाचन समितिका अनुसार यस पटक नयाँ नेतृत्व होडमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन ।

गत बिहिबार बिहानबाट सुरु भएको उम्मेदवारी दर्ता समय शुक्रबार बेलुका सकिदासम्म एक अध्यक्ष पदमा सात जनाले उम्मेदवारी दावी गरेको निर्वाचन समितिले जनाएको छ। यसरी दावी गर्नेहरुमा अनिता गुरुङ लामा, शिवप्रसाद पौडेल, नरेन्द्रकुमार बस्नेत (दिनेश), किरण बर्मा, नारायण खडका, सरोजकुमार खत्री र ददिवल खडका रहेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष एक पदमा नवीन निउरे र छत्रबहादुर दाहाल गरि दुई जनाको उम्मेदवारी परेको छ। यस्तै महिला उपाध्यक्ष एक पदमा संगीता अघिकारी सुवेदी र कालिका थापाको उम्मेदवारी दावी परेको छ भने चार जना खुल्ला उपाध्यक्षमा १२ जनाले आफनो दावी प्रस्तुत गरेका छन् ।

उपाध्यक्ष पदमा महेशकुमार कटवाल, राम थापा (अनिल), विष्णुप्रसाद घिमिरे, राजकुमार अधिकारी, जनकविक्रम शाही, जीवनकुमार गुरुङ, रामकृष्ण श्रेष्ठ, बालकृष्ण कँडेल (हिमाल), विकास बस्नेत, टिकाराम कँडेल, विष्णुप्रसाद सुवेदी र बुद्धिराज घिमिरेको दावी परेको छ ।

यस्तै एकजना कोटा रहेको महासचिव पदमा सिद्धार्थ श्रेष्ठ र टिकाराम खरेलको उम्मेदवारी परेको छ । यता सचिव पदमा भने तीनैजना निर्विरोध भएका छन् ।

दुईजनाको खुल्ला तर्फ श्यामकुमार श्रेष्ठ र देवराज उप्रेती तथा एक महिला सचिव तर्फ एलिजा केसी भण्डारी निर्विरोध चयन भएका छन। यस्तै निर्विरोध हुने अन्य पदमा महिला संयोजकमा अन्जु भण्डारी रहेकी छन। भने महिला सदस्य तर्फ हेमा पाण्डे निर्विरोध भएकी छन।

यस्तै एकजनाको कोषाध्यक्ष पदमा कृष्णप्रसाद खनाल, कृष्ण गैरे शर्मा र सचिन श्रेष्ठको दावी परेको छ भने एकजनाको सहकोषाध्यक्षमा दीपक सुनार र बाबुराम खरेलको उम्मेदवारी परेको छ ।

एकजनाको युवासंयोजकमा राकेश लामा र राजेश खनालको उम्मेदवारी परेको छ। भने सातजनाको खुल्ला सदस्य पदमा हालसम्म कै सवैभन्दा धेरै १८ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले जारी गरेको सुचना अनुसार सदस्य पदमा रामप्रसाद शर्मा धनपति, चन्द्रकुमारी केसी, राजु पनेरु, प्रकाश लामिछाने, राजुभण्डारी सुनिल, सुरेश सापकोटा, रामबहादुर खत्री (अर्जुन केसी), लक्ष्मीकेसी महर्जन, फडिन्द्र पहाडी, रामु कँडेल, थमबहादुर क्षेत्री, कृष्णबहादुर थापा, दिलिप कँडेल, ताराबहादुर कार्की, विनय गुरुङ, मन्जु गिरी र भीमसेन राय (भीम रायमाझी), मोहन सिंह मडै (अध्यक्ष पदमा दर्ता गरेप नि सदस्यको भुक्तानी गरेको आधारमा) रहेका छन् ।

यसै गरी अन्तराष्ट्रिय समन्वय परिषद सदस्य आईसीसीमा छ जनाको पदमा नौ जनाले दावी प्रस्तुत गरेका छन् । यसरी दावी गर्नेहरुमा श्रवणकुमार सत्याल, सुपेन्द्र घिसिङ, दिपक कार्की, लक्ष्मण बाँनिया, बलराम श्रेष्ठ, नरबहादुर थापा, रोविनप्रसाद शेरचन, रामहरि पुडासैनी र बिकास श्रेष्ठले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार दर्ता भएका उम्मेदवार उपर विरोध, ससोधन र उम्मेदवारी फिर्ता समय १९ तारिक सोमबार राति १० बजेसम्मको समय तोकिएको छ। भने अन्तिम नामावलि मंगलबार १० बजे प्रकाशित गरिने जनाइएको छ ।

२५ तारिक महाधिवेशन २७ तारिक निर्वाचन

यसैबीच गैरआवासीय नेपाली संघ एनआरएनए जापानको दशौ राष्ट्रिय महाधिवेशन यस पटक ओशाकामा हुने भएको छ। भने अनलाईन प्रकृयाबाट गरिने निर्वाचन प्रकृया २७ तारिक बिहान १० बजेबाट राती १० बजेसम्म हुने तयारी गरिएको छ। सोही समयमा अनलाईन मार्फत परिणाम घोषणा गरिने बताइको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.