राजनीति

जसपाको उपेन्द्र समूह सरकारमा सहभागी हुने- सात मन्त्री र एक राज्यमन्त्रीको माग

संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्ताको रिहा गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने

सत्ता राजनीतिले तत्कालीन सत्तारुढ एमाले लगभग विभाजित अवस्थामा छ भने एमाले नतृत्वको सरकारलाई साथ दिने र नदिने विवादले संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) पनि दुई खेमामा छ । एउटा खेमा ओली सरकारमा सामेल भयो भने अब शेरबहादुर देृवपा नेतृत्वको सरकारमा जसपाको उपेन्द्र यादव समूह सामेल हुने भएको छ ।

शनिबार बसेको उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने पनि बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना र १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा जाँदा उपेन्द्र यादव पक्षमा जसपाका १२ सांसद मात्र थिए । वैठकमा नेताहरुले सरकारमा जति दल सहभागी हुन्छन्, उनीहरुलाई समान हैसियतमा मन्त्रालय बाँडफाँट हुनुपर्ने धारणा राखेका छन् ।

संविधानअनुसार मन्त्रिपरिषदको आकार २५ सदस्यीय हुन्छ । जसअनुसार २१ जना मन्त्री र तीन राज्यमन्त्री रहेको मन्त्रिपरिषद बन्न सक्छ । जसपाका उक सांसदका अनुसार ‘तीन दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी) मात्र सरकारमा भए हामीले ७ वटा मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्छ ।

जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने बैठकले निर्णय गरेको छ । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।

जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुङ्गो लागेको छैन । आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ । जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताउनुभयो । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद हुनुहुन्छ । पार्टीका अर्का अध्यक्ष महन्त ठाकुरको पक्षका केही सांसद पनि यादव पक्षमा आउनुभएको जनाइएको छ ।

सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्वबिदालगायत विषय उठाउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.