एन आर एन न्युजजापान
डलर खाताको औचित्यमाथि जापानमा अन्तरक्रिया हुँदै
नेपालमा विदेशी मुद्राको संचिति घट्दै गएपछि सरकारले गैरआवासीय नेपालीलाई मुलुकमा लगानी गर्न र डलरमा खाता खोल्ने सुविधा दिने बताएपछि यसै विषयमा अन्तरक्रिया हुने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा “नेपालमा लगानको अवसरहरु एवं डलर अकाउण्डको औचित्य” विषयमा अन्तरक्रिया हुन लागेको हो ।
यही जुलाई २१ बिहिबार नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवं आई.एम.ई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालको आतिथ्यमा अन्तरक्रिया हुन लागेको हो ।
एनबीए जापान सहआयोजक रहेको कार्यक्रमको संयोजन एनआरएनए जापानका उपाध्यक्ष संगीता अधिकारी सुवेदीले गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्