राजनीति

आफ्नो पक्षमा फैसला नआएपछि एआईजी पोखरेलद्वारा राजीनामा

प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्ट रहँदै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि सोमबार प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।

पोखरेलले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बस्नुभएको थियो । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उहाँको एक महिने विदा स्वीकृत गर्नुभएको थियो । उहाँले पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार नगरे पनि एआईजी पोखरेल कार्यालय जानुभएको थिएन ।

यही साउन २० गतेसम्म मात्र कार्यकाल रहेको पोखरेल निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.