राजनीति

प्रधानमन्त्री देउवालाई प्राप्त भो विश्वासको मत, एक सय ६५ सांसद पक्षमा, ८३ जना विपक्षमा

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद प्रतिनिधिसभाबाट विश्वासको मत हाँसिल गर्नुभएको छ । आइतबार राति सम्पन्न मतदानमा देउवाको पक्षमा १ सय ६५ मत परेको थियो भने विपक्षमा ८३ र १ जना सांसद तटस्थ रहेका थिए ।

२४९ जना सांसद उपस्थित बैठकमा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरे पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बसेका थिए ।

प्रधानमन्त्री देउवाले राख्नुभएको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिनुभएको थियो । उहाँहरूसँगै निस्कनुभएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन गरेकाले आफूहरू मतदानमा भाग नलिको बताउनुभयो ।

एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले यही घटनामा सांसदबाट राजीनामा दिनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सहमतिमा गत जेठ २ गते गठित कार्यदलले गत असार २७ गते विवाद समाधानका लागि १० बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.