राजनीति

खोप बेच्न र अनुदानमा दिन सरकारको आग्रह

सरकारले कोरोना भाइरस बिरुद्धको खोप उत्पादन गरिरहेका देशहरुसंग खोप उपलब्ध गराउन आग्रह गरेको छ । खोप उत्पादक देशहरुसंग सरकारले अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरुलाई आह्वान गरेको जानकारी दिनुभयो ।

उहाँले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button