अर्थ

आज १ अमेरिकी डलरको विक्रीदर १२८ रुपैयाँ २६ पैसा

नेपालमा अमेरिकी डलरको विनिमय दर दैनिक उकालो लाग्ने क्रममा आज (साउन ३ गते) १ अमेरिकी डलरको खरीद मूल्य १२७ रुपैयाँ ६६ पैसा र विक्रीदर १२८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

नेपालमा वस्तु आयातका लागि विदेशी मुद्रा संचिति घटिरहेका बेला अमेरिकी डलरको विनिमयदर आकाशिंदा आयात प्रभावित हुने र मूल्य अरु बढ्ने देखिएको छ ।

यसै गरी युरो र पाउण्ड स्टर्लिङको विनिमयदर पनि उच्च रहेको छ । आजको दर अनुसार एक युरोको खरीद दर १२९ रुपैयाँ ६० पैसा र विक्री दल १३० रुपैयाँ २१ पैसा कायम भएको छ ।

पाउण्ड स्टर्लिङले त झन उचाई लिएको छ । १ पाउण्ड स्टर्लिङको खरीद दर १५२ रुपैयाँ ८९ पैसा छ भने विक्री दर १५३ रुपैयाँ ६० पैसा कायम रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.