जन सरोकार

कैलालीको क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी आइतबार मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारी अनुसार आइतबार बिहान मात्रै क्वारेन्टिनबाट भागेका आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेका हुन् ।



सम्बन्धित खबर

Back to top button