जल/वातावरण

नारायणी नदी उर्भियो : किनारका बस्ती असुरक्षित- काठमाडौं र पोखराको सम्पर्क टुट्यो

अविरल वर्षासँगैकोआएको बाढीले नारायणी नदीमा पानीको सतह बढेपछि नदी किनारका बस्ती असुरक्षित बनेको छ । नदीको पानीले खतराको तह पार गरेकोले किनाराका बस्तीका मानिसलाई सुरक्षित रहन सूचना जारी गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार देवघाटमा पानीको खतरा लेबल ८ मिटर रहेकोमा अहिले ९ पार गरिसकेको छ भने पुल्चोकमा खतराको लेबल १२ मिटर रहेको र अहिले त्यो मथि रहेको छ ।

बाढीले नारायणी नदी किनारामा रहेको हात्तीको मूर्ति बगाएको छ । सोमबार दिउँसोदेखि नारायणीमा पानीको वहाब बढेको हो ।

उता चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ ।

बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । उहाँले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताउनुभयो ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिनुभयो । उहाँले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.