राजनीति

सरकार न्यूनतम साझा कार्यक्रमबाट चलाउने तयारी

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । उहाँले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थाल्नुभएको हो । त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गर्नुभएको थियो ।

उहाँहरुबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

देउवासँगको भेटअघि अध्यक्ष दाहालले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गर्नुभएको थियो ।

नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको जानकारी सापकोटाले दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.