कर्पोरेट/पर्यटन

भदौ १ देखि आन्तरिक उडान हुने, लकडाउन अझै खुकुलो बनाइने

विमानस्थल

सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय र १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो ।



सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाभाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ ।

त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ ।त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने छ । लकडाउनको अवस्था कस्तो हुने भनेर सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नु बताइएको छ ।

साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।

सम्बन्धित खबर

Back to top button