जन सरोकार

साउन ८ गतेपछि भर्ना लिने तर विद्यालय नखोल्ने सरकारको निर्णय

पाँच दशकदेखी रोल नम्बर १३ नलेखिएको विद्यालय !

चैत्र ६ गतेदेखि बन्द रहेको विद्यालयहरु अझै केही समय नखोल्ने तर विद्यार्थी अभिलेखीकरण (भर्ना) भने लिने निर्णय सरकारले गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरियाद् बैठकले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय आधिकारिक रुपमा भोलि बिहिबार सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुहुने छ । सरकारले लकडाउनलाई अझै खुकुलो गर्दै आन्तरिक हवाई उडान समेत खोल्ने निर्णय गरिसकेको छ भने तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

विद्यालय संचालक र सरकारबीच दोहोरी चलिरहेको र अनलाइन कक्षा समेत बन्द भएको अवस्थामा सरकारको यो निर्णयले विद्यालय संचालकहरुमा खसी छाएको छ । सरकारको निर्णयपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले स्कुल खुल्दैन तर अभिलेखीकरण सुरु गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्री पोखरेलका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु निर्देशन दिइएको छ भने क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।

प्याब्सनबाट कारबाहीको चेतावनी

यसैबीच साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको प्याब्सन र एनप्याब्सनको निर्देशन अवज्ञा गर्दै विद्यालयहरुले आफ्नै किसिमले कक्षा संचालन गर्ने र विद्यालय खोल्ने गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ ।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत पटक पटकको अनुरोध र चेतावनीका बाबजुद प्याब्सन र एन प्याब्सनको निर्देशन बिरुद्ध विद्यालय प्रशासन खोल्ने, विद्यालयमा अफड्रेसमा विद्यार्थी पढाउने, भर्चुअल कक्षाहरु चलाउने, अस्वस्थ रुपमा भर्ना लिने गरेको भन्दै कारबाहीको चेतावनी दिइएको हो ।

श्रेष्ठले सोमबार साँझ सूचना जारी गर्दै त्यस्ता विद्यालयहरुको सदस्यता खारेजी, पद बर्खास्ती लगायतका कार्बाहीका लागि केन्द्रमा सिफारिस गर्नुपर्ने भएकोले २४ घण्टा भित्र निर्देशन नमान्ने विद्यालयहरुको यथार्थ विवरण पठाउनु सम्पूर्ण नगररमहानगरका अध्यक्षज्युलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.