राजनीति

"अध्यक्ष प्रचण्ड नाबालक हुन् र झुक्याएर शितल निवास पुर्याउनु ?"

केही दिनयता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने सुरुको सहमति, त्यसपछि राष्ट्रपतिसंगको छलफल र अध्यक्ष प्रचण्डको भनाई भन्दै आएका टिप्पणीहरुको पोल खुलेको छ ।

शनिबार अध्यक्ष तथा प्रधानमन्त्री ओली र प्रचण्डबीच पार्टीभित्रको विवाद मिलाउने सहमति भएपछि राष्ट्रपति निवास पुगेपछि अध्यक्ष प्रचण्डको धारणा भन्दै संचार माध्यममा आएका कुराहरु राष्टपतिलाई बदनाम गराउने षड्यन्त्र मात्र रहेको खुलासा भएको छ ।

अध्यक्ष प्रचण्डले आफू पक्षधर नेताहरुसंग गरेको छलफलमा जबज स्वीकारे मंसिरमा महाधिवेशनबाट एकल अध्यक्ष बनाइदिने र प्रधानमन्त्री पनि बनाइदिने प्रस्ताव आएको र आफूलाई झुक्याएर शितल निवास लगिएको कुरा सत्य नभएको प्रचण्ड निकट नेताले खुलासा गरेका छन् ।

मंगलबार नेकपा बैठकपछि पार्टी प्रवक्ता समेत रहनुभएका र अध्यक्ष प्रचण्ड निवासमा भएको छलफलमा सहभागी नारायणकाजी श्रेष्ठले पत्रकारहरुसामु अध्यक्षलाई झुक्याएर शितल निवास पुर्याइएको कुरा सत्य नभएको बताउनुभएको हो ।

मंगलबारको स्थायी कमिटी बैठकपछि उहाँले पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै भन्नुभयो- “झुक्याएर लैजाने खालको अध्यक्ष उहाँ होइन, झुक्याएर कोही जाँदैन, झुक्याए कसैले लैजादैन ।” त्यसो भए सत्य के हो त ? भनि सोधिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “सत्य त उहाँ जानु भएको हो, त्यो सत्य हो । तर झुक्याएर लगेको र झुक्याएर गएको भन्ने होइन ।”

खुमलटार भेलामा अध्यक्ष प्रचण्डलाई कोड गरेर उहाँले भनेको भन्ने आएको छ नि भन्ने प्रश्नमा भन्नुभयो “भन्ने कुरा न छ बिफ्रिङ गरेको गरेको होइन् । झुक्याएर लगिएको विषय सत्य होइन र जबज स्विकार गर्नुपर्यो भनि आएको कुरा पनि सत्य होइन् ।”

लामो समयदेखि प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु कम्मर कसेर लागिरहेका बेला गत शनिबार शनिवार दुई अध्यक्षबीच विवाद समाधान गर्ने लगभग सहमति गर्दै चाँडोभन्दा चाँडो महाधिवेशन गराउने विषयमा दुई नेता सहमति नजिक पुग्नु भएको छ ।

तर, आइतवार अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न नेता नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित केही स्थायी कमिटी सदस्य खुमलटार पुग्नु भयो । सो गुटगत भेला सकिए लगत्तै नेकपाकै नेताहरुको कोड गर्दै भनाईहरु आए, प्रचण्डलाई झुक्याएर शीतल निवास पुर्याइएको रहेछ । यतिसम्म आयो कि “परिवन्दमा पारेर प्रचण्डलाई फसाउने काम गरिरहेको छ” ।

राष्ट्रपतिलाई जसरी पनि विवादमा तान्नुपर्छ भन्ने एउटा तप्का नेकपाभित्रबाट लागिरहेको विषय त उल्लेख गर्नै पर्दैन । सोही तप्काबाट यस्तो समाचार आएको हुनेसक्ने आशंका भए पनि कसैले केही भनेन् ।

सम्बन्धित खबर

Back to top button