कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी संवत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ

उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “इस्लामले बकर इद (इद–उल–जोहा) र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद इस्लाम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहिआएको छ । जो हाम्रो सम्पदा हो । यसरी मनाइने ‘बकर इद’ले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको छु ।”
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै प्रदेश प्रमुख कलौनीले कोभिड–१९ को महामारीबाट आफू बच्न र अरुलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी घरमै धार्मिक क्रियाकलाप गर्न अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्