राजनीति

खनालको उपचार खर्च सरकारले व्यहोर्ने, पहिले जस्तै अस्वीकार होला ?

ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथा खनालको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिंदा खनाल परिवारले त्यसलाई अस्वीकार गरेको थियो । अहिले खनालको पनि बलजोडमा गठन भएको देउवा नेतृत्वको सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि पहिले जस्तै अस्वीकार होला कि स्वीकार गर्लान् भन्ने प्रश्न उठेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताउनुभएपछि सो प्रश्न उठेको हो । यो समाचार तयार पार्दासम्म खनालको पक्षबाट कुनै प्रतिक्रिया आएको छैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुग्नुभएका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री देउवा खुमलटार आउनुभएको अध्यक्ष दाहालका प्रेसविज्ञ विष्णु सापकोटाले जानकारी दिनुभयो ।

“अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा चासो राख्दै फोन लगाउनुभएको थियो । सोही क्रममा प्रधानमन्त्री पनि यही हुनुहुन्छ भनेर अध्यक्षले भन्नुभयो । अध्यक्षको फोनबाटै प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले बेहोर्ने बताउनुभयो”, सापकोटाले राससलाई जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत हुनुहुन्छ ।

अघिल्लो सरकारले दिएको उपचार खर्च एमाले अध्यक्ष ओलीसंगको मनमुटावका कारण मात्र अस्वीकार गरेको हो कि खनाल परिवारले आफू सक्षम हुँदाहुँदै राज्यकोष प्रयोग गर्न नहुने चेतनाले हो भन्ने पनि देखिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.