नेपालमा कोरोना संक्रमणको दर र मृत्युमा अपेक्षाकृत कमी आउन सकेको छैन । पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ९ सष् ३१ जना गरी २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यसअवधिमा संक्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय ७५ रहेको छ र
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको छ । तीमध्ये ९ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ भने ६ लाख ३६ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसै गरी ६ सय २७ जना आईसीयू र १ सय ७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९०, कास्कीमा १८५, झापामा १७०, चितवनमा १६३ ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ७९, सुनसरीमा ५२, तनहुँमा ४७, रुपन्देहीमा ४१, मकवानपुरमा ३५ र पाल्पामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्