जल/वातावरण

महोत्तरीका ६४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु : मृतकको संख्या ४१ पुग्यो

मंगलबार राति महोत्तरीका ६४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ का ती वृद्धको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको र उपचारको क्रममा मंगलबार राति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ ।

गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

समाचार अनुसार कोरोनाबाट मृत्यु भएका पुरुष क्यान्सर रोगी थिए । उनी क्यान्सरको चौथो स्टेजमा रहेका थिए । मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए ।

सम्बन्धित खबर

Back to top button