जन सरोकारस्वास्थ्य

दुई हजार ७ सय १४ जना संक्रमित, २४ जनाको मृत्यु

कुल संक्रमित ६ लाख ७४ हजार ७ सय २६ देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना

निषेधाज्ञा क्रमशः खुकुलो हुँदै गएपछि नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ । यसै अवधिमा १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षणमा ८ सय ५९ जना गरी २ हजार ७ सत १४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३६, मोरङमा २४५, सुनसरीमा १४९, ललितपुरमा १३०, झापामा १०८ र कास्कीमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी पुर्वमा ९३, भक्तपुरमा ८५, मकवानपुरमा ४७, गोरखामा ३९, धादिङमा ३३, नुवाकोटमा २८, काभ्रेमा २५, बागलुङमा १६, स्‍याङजामा १४, चितवनमा १३, दाङ, रुपन्देही र सुर्खेतमा १२/१२ जना र सिन्धुपाल्चोकमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको छ । तीमध्ये ९ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.