श्रीमतीलाई अपहरणमा परें भनेर युवतीसंग होटलमा बसेपछि…
असार २४ देखि वेपत्ता भएका आफ्ना श्रीमानको अपहरण भएको हुनसक्ने भन्दै प्रहरीमा उजुरी दिएकी श्रीमती त्यतिबेला चकित परिन जब महानगरीय अपराध महाशाखाका प्रहरीले उनका श्रीमानलाई होटलमा युवतीसंग बसिरहेको फेला पारे ।
असार २४ गतेदेखि हराएको र अपहरणमा परेको हुनसक्ने भन्दै काठमाडौं महानगरपालिका ४ बस्ने ३० वर्षीय शक्तिराज रेग्मीकी श्रीमतीले शुक्रबार महाशाखामा उजुरी दिएकी थिइन् । सोही उजुरीमाथि अनुसन्धान हुँदा प्रहरीले उनको खोजी सुरू गर्दा मंगलबार राति होटलमा युवतीसंग फेला परेका हुन् ।
महाशाखाका अनुसार रेग्मी घरबाट निस्किएर सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसिरहेको अवस्थामा ्िरहरीले फेला पारेको थियो ।
महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार विभिन्न व्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भनी करोडौं रुपैयाँ लिएको र पैसा तिर्न नपरोस् भनि अपहरणको नाटक गरेको उनीमाथि प्रहरीलाई थप अनुसन्धान भैरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्