जन सरोकार

देशभर लकडाउन खुल्दा राजविराजमा भने अनिश्चितकालिन निषेधाज्ञा

सरकारले देशभर जारी गरेको लकडाउन लगभग सबै खोलिसकेको र व्यवसाय तथा यातायातहरु पूर्णरुपमा संचालनमा आइरहेका बेला राजविराजमा भने अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितहरु भेटिएएपछि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृतक वृद्धका परिवारका ५ जना सदस्य, एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

राजविराजमा कोरोना संक्रमित भेटिन थालेपछि राजविराज नगरपालिकाले बुधबारदेखि नै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको थियो भने बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले दिएको जानकारी अनुसार अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवारस्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ ।

सम्बन्धित खबर

Back to top button