“हामी कांग्रेसका सांसद चोरेर बहुमत पुर्याउँदैनौं”
कांग्रेस, माओवादी केन्द्रले आफ्ना सांसदलाई ह्वीप लगाउन मिल्ने, हामीले चाहिं नमिल्ने ?
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरु नेपाली कांग्रेसले गरे जस्तै सो पार्टीका सांसदहरु चोरेर बहुमत नपुर्याउने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिन रोष्टममा भिनुभएका नेम्वाङले एउटा दलको सांसद चोरेर बबहुमत पुर्याउनु असंवैधानिक, अलोकतान्त्रिक र असंसदीय चरित्र भएकाले आफूहरुले त्यसो नगर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाका कार्यकालमा मच्चिएका विभिन्न काण्डहरुलाई सालिनतापूर्वक उठाउनुभएका संविधानसभाका अध्यक्ष समेत रहिसक्नुभएका नेम्वाङले नेकपा एमाले जिम्मेवार र रचनात्मक प्रतिपक्ष भएर सरकारलाई सघाउने बचन दिनुभयो ।
उहाँले अहिलेको राजनीतिक संस्कृतिलाई करी अघि बढाउने भन्ने ठूलो प्रश्न उठेको बताउँदै बहुदलीय संसदीय व्यवस्था र अभ्यासमा बहुमत हुनेले सरकार बनाउने र कम स्थानमा विजयी हुने प्रतिपक्षमा बस्ने चलन रहे पनि नेपालमा जनादेश पाएको प्रतिपक्षमा र अल्पमतमा रहेको चाहिं परमादेशले सरकारमा पुग्ने नयाँ अभ्यास भएको बताउनुभयो ।
सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक पद्धति, दलीय व्यवस्था र संविधानको अक्षर र भावना विपरीत भएको आफ्नो पार्टीको ठहर रहेको बताउनुहुँदै नेम्वाङले संसदीय मान्यता के हो भन्ने प्रश्न गर्दै आफ्नो पार्टीभित्र अनुशासन खोज्ने र अरुको पार्टीमा चाहिं पार्टीको अनुशासन नचाहिने भन्ने हो र ? भन्ने प्रश्न गर्नुभयो ।
संसदीय प्रणाली र दलीय अनुशासनमा दलीय ह्वीप नलाग्ने भन्ने हो भने हाम्रा संसदीय अभ्यास र कहाँ पुग्छ भन्दै उहाँले भन्नुभयो– “प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन कांगेसले आफ्ना सांसदलाई ह्वीप लगायो, माओवादी केन्द्रले पनि लगायो । तर नेकपा एमालेले चाहिं लगाउन नपाउने ? के यही हो हाम्रो संसदीय अभ्यास ?”
प्रतिक्रिया राख्नुहोस्