राजनीति

डा. भट्टराईको आक्रोश : न्यायाधीशलाई महाधियोग लगाऔं, ओलीलाई विदा दिऊ

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्नी हत्या अभियोगमा सर्वश्व सहित जन्मकैद सजाय पाएका सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आठ वर्ष कैद भुक्तानपछि अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गर्नुभएको छ ।

शुक्रबार विहान ट्वीट गर्दै डा. भट्टराईले देश गम्भीर संकटतिर जाँदै गरेको र यसको संकटमोचन लोकतान्त्रिक ढंगले गर्नुपर्ने भन्दै संसद बोलाउन, प्रधानमन्त्री बदल्न र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गर्नुभएको हो ।

डा. भट्तराईले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्न सुझाव दिंदै भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न सझाव दिनुभएको छ ।

डा. भट्टराईले सुझाव दिंदै भन्नुभएको छ- देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं: १.संसद अधिवेशन बोलाऊँ; २. प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं; ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ; ४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं; ५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.