कोरोना भाइरस महामारीकाबीच जापानको राजधानी टोकियोमा ३२ औँ गृष्मकालिन ओलिम्पिक्सको औपचारिक शुभारम्भ भएको छ । शुक्रबार जापानी सम्राट नारुहितोले टोकियो अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजित समारोहमा ओलिम्पिक्सका खेलहरू सुरु भएको घोषणा गर्नुभयो ।
उक्त अवसरमा बोल्दै अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अध्यक्ष थोमस बाखले आज यो आशाको क्षण भएको र हामी सबैले कल्पना गरेभन्दा निकै भिन्न रहे पनि २०५ राष्ट्रिय ओलिम्पिक्स कमिटिहरू र आईओसी ओलिम्पिक्स टोली एउटै छातामुनि ओलिम्पिक ग्राममा बसिरहेको बताउनुभयो ।
त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ।
जापानमा कोभिड १९ को महामारी यथावत् रहेकोले ओलिम्पिक्स खेल पूर्ण रूपमा त्यसको छायामा सुरु हुनेछ । आयोजकले बनाएका योजनाहरूमा कटौती गरिएका छन् । उद्घाटन समारोहमा एक हजार दर्शकहरू मात्र उपस्थित थिए भने मार्च पासमा पनि खेलाडीको सङ्ख्या कटौती गरिएको बताइएको छ ।
नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन् । ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ ‘इभेन्ट्सुहरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्