जापान

एनआरएनएमा पैसा भएका हैन विधि बुझेका जानुपर्छ

नेपाल आदावासी जनजाति महासंघ (नेफिन)जापानले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको भावी नेतृत्व चयनका लागि जापानबासी नेपालीहरुको राय सहितको सुझाव लिखित रुपमा पेश गरेको छ ।

नेफिनले एनआरएनए जापानको भूत, वर्तमान र भविष्य विषयक अन्तरक्रिया गरी सो छलपलबाट प्राप्त निष्कर्ष गैरआवासीय नेपाली स.घ जापानर्ला लिखित रुपमा बुझाएको हो

एनआरएनए कार्यवाहक अध्यक्ष अनिता गुरुङलाई हस्तान्तरण गरिएको सुझावमा एनआरएनए जापानको आर्थिक अनियमितताको विषय टुंगोमा पुर्याएर, आर्थिक पारदर्शिताबारे प्रष्ट गरेर मात्रै १० औं महाधिवेशन गर्नु राम्रो हुने बताइएको छ ।

त्यसै गरी संगठनको विधि र विधान बुझ्ने जमानत भन्दा पनि पैसा र पावरको भरमा नेतृत्वमा पुग्ने धेरै भएकाले संस्थामा ठूलो आर्थिक घोटाला र बेइमानी भएको तथा एनआरएनए जापानमा राजनीतिक हस्तक्षेब बढी भएकाले त्यसबाट अलग राख्नुपर्ने सुझाव दिइएको छ ।

NRNA-JAPAN

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.