राजनीति

एमसीसीमा भिडाएर गठबन्धन भत्काउन खोजिंदैछ

सत्तारुढ गठबन्धनको एउटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई एमसीसीमा भिडाएर भत्काउने प्रयास भैरहेको बताउनुभएको छ ।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं अहिले पनि भत्काउने प्रयास भैरहेको बताउनुभएको हो ।

संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।

संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए । ‘ठूलै लडाइँ जितियो । संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ ।

सोही कार्यक्रममा सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै पार्टीबाट सहभागी मन्त्रीहरुलाई जनतालाई सरकार भएको अनुभूति गराउनका लागि सानासाना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.