जन सरोकारस्वास्थ्य

तीन हजार सङ्क्रमित- दुई हजार सङ्क्रमणमुक्त

नेपालमा अहिले पनि संक्रमणदर उच्च, कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण

पछिल्लो २४ घण्टामा मुलुकभर तीन हजार एक सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसै अवधिमा १६ जनाको मृत्यु भएको छ भने दुई हजार एक सय ९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६ सय ५२ जनाको पिसिआर परीक्षणमा दुई हजार ३०९ जनामा र चार हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जना गरी सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार १ सय ९७ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा नौ हजार ६ सय ९५ जनाको मृत्यु भैसकेको छ ।

राजधानी काठमाडौं उपत्यकामा अन्यत्रको तुलनामा जोखिम उच्च नै रहेको पाइएको छ । शनिबार पुष्टि गरिएका सङ्क्रमितमध्ये ४ सय २१ जना काठमाडौंमा, २ सय ७१ जना कास्कीमा, २ सय ४८ जना चितवनमा फेला परेका हुन् ।

यसले नेपालमा अहिले पनि संक्रमणदर उच्च नै रहेको छ । कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण छ । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ३३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,६९५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.