एन आर एन न्युजजापान

एनआरएनए जापानको १० औं अधिवेशन सुरू (फोटोहरुसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं महाधिवेशन ओशाकामा सुरू भएको छ । कार्यवाहक अध्यक्ष अनिता गुरूङको सभापतित्वमा जारी अधिवेशनमा क्षेत्रीय समितिका संयोजकहरूले सम्वोधन जारी छ। जापान भरिका करिव दुईसय पदाधिकारीहरूको सहभागिता रहेको छ ।

होटल हिल्टनमा सुरू महाधिवेशनमा प्रमुख अतिथि नेपाली राजदुतावास जापानका उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनए पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान आईसीसी अध्यक्ष भवन भट्ट, आईसीसी कोषाध्यक्ष महेश श्रेष्ठ, एसियाप्यासिफिक संयोजक गोविन्द श्रेष्ठ ‘रोविन्द’ उपसंयोजक पारसमणि पोखरेल, आईसीसी सदस्यहरू ददिवल खडका, नारायण सुवेदी, तुल्सीराम खरेल, डिपी कँडेल लगायतले विशेष सम्वोधन गर्नुहुनेछ ।

निर्वाचन जुलाई ३० तारिकमा हुने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको निर्वाचन जुलाई ३० तारिकमा हुने भएको छ । आईतबार २५ तारिक १० औं अधिवेशन पश्चात दुई दिनपछि २७ तारिक अनलाईनबाट हुने भनिएको निर्वाचन तालिका परिवर्तन गरिएको हो। कार्यवाहक अध्यक्ष अनिता गुरूङको अध्यक्षतामा शनिबार सांझ बसेको कार्यसमितको बैठकले निर्वाचन प्रक्रिया ३० दिनपछि सारिएको हो ।

अनलाईन प्रक्रियाबाट हुने निर्वाचन तालिकामा करिव १५ सय जति मतदाताको ईमेलमा गडबढी भएको गुनासो आएपछि कार्यसमितिले तीन दिनभित्र ईमेल जॅाचको समय थपेर निर्वाचन गर्न लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.