अर्थ

एक वर्षमा १४ खर्बको व्यापार घाटा

साढे १५ खर्बको विदेशी वस्तु आयात भएको छ भने रु एक खर्ब ४१ अर्ब १२ करोडको निर्यात

नेपालको व्यापारघाटा गत आर्थिक वर्षमा करीब १४ खर्बको हाराहारीमा रहेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा रु साढे १५ खर्बको विदेशी वस्तु आयात भएको छ भने रु एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ ।

तथ्याङ्कअनुसार विभागको तथ्याङ्कअनुसार रु १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ । गत वर्षको सोही अवधिमा नेपालले रु १० खर्ब ९९ अर्ब बढीको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्ष व्यापार घाटा २७ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार एक वर्ष (२०७६ साउनदेखि २०७७ असार मसान्तसम्मको तथ्याङ्क) को अवधिमा रु १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख बराबरको विदेशी वस्तुको आयात भएको हो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष आयात तथा निर्यात दुवैमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा रु ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख बराबरको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २८ दशमलव ६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

यस वर्ष निर्यातमा केही सुधार भने भएको छ । अघिल्लो वर्षमा रु ९७ अर्ब ७० करोड बढीकोे निर्यात भएकोमा यस वर्ष १ खर्ब ४१ अर्बको निर्यात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ४४ दशमलव ४३ प्रतिशतले निर्यात बढेको छ ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ६० र निर्यातको हिस्सा ८ दशमलव ४० प्रतिशत रहेको छ । हिस्सागतरूपमा हेर्दा आयातको हिस्सा मात्र ०.९२ प्रतिशतले घटेको छ ।

गत आवमा कूल वैदेशिक व्यापारमा वृद्धि भएको छ । एक वर्षको अवधिमा रु १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बढीको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवमा रु १२ खर्ब ९४ अर्ब ५० करोड १५ लाख बराबरको व्यापार भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा २९ दशमलव ८५ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक वर्षमा आयात निर्यातमा १०.९२ प्रतिशतको अनुपातमा गिरावट आएको छ ।

नेपालले एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल, सुन आयात गरेको छ । त्यस्तै नेपालले सबैभन्दा बढी भटमासको तेल, कार्पेट, अलैँची, चिया, जुटबाट बनेको कार्पेटलगायत अन्य वस्तु बढी निर्यात गरेको छ ।

नेपालले रु १५ खर्बको वस्तु तथा सेवा आयात गर्दा रु चार खर्ब २० अर्ब ९७ करोड ९६ लाख बराबर राजश्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.